पार्किङमा राखेका नौ वटा मोटरसाइकलमा आगजनी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पार्किङमा राखेका नौ वटा मोटरसाइकलमा आगजनी


२३ आश्विन २०७६, बिहिबार


जनकपुर । धनुषामा पार्किङ गरेर राखिएका ९ वटा मोटरसाइकलमा आगजनी भएको छ । जनकनन्दनी गाउँपालिका वडा नं. ३ प्रखे महुवामा पार्किङ गरेर राखेको ९ वटा मोटरसाइकल र ३ वटा साइकलमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगजनीबाट पाँच वटा नेपाली र ४ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल जलेको छ। पार्किङ गरिएको ज ९ प ७६२५, स १ प ४३८१, स ८ प ७७१८, ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाइकल जलेका प्रहरीले जनाएको छ । यस्तै, बीआर ३२ एन ५३३९, बीआर ३२ एफ ९३००, बीआर ३२ भी ३०८४, बीआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत जलेको छ ।

अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस