९८ हजार नगदसहित तीन पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

९८ हजार नगदसहित तीन पक्राउ


२३ आश्विन २०७६, बिहिबार


पक्राउ

बाँके । नेपाल प्रहरीले ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट रु ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस