काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं प्रहरी हिरासतमै वित्ने भएको छ ।
महरा दशैंको अष्टमीको दिन साँझ सभामुखको निवासबाटै पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।
उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर बाँकी कारबाही भने दशैं विदापछि नियमती अदालती प्रक्रिया सुरु भएपछि मात्र अगाडि बढ्नेछ । अदालत २८ गते मात्र खुल्नेछ ।