२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मादक पदार्थ किनबेचलाई समय निर्धारण

अ+ अ-

वालिङ । स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ ।

नौ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म सात वटा वडामा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि साँझ ६ बजेदेखि ९ बजेसम्मको तीन घण्टा समय निर्धारण गरेको नगरप्रमुख छायाराम खनालले बताए ।

“भिरकोट नगरपालिका अब छिट्टै बालमैत्री स्थानीय शासन घोषणाका क्रममा रहेकाले यसका लागि दु्रत रुपमा कार्य भइरहेको छ”, नगरप्रमुख खनालले भने, “बालमैत्री स्थानीय शासन तथा सामाजिक सुधारलाई मध्यनजर गर्दै हामीले अभियानका रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेका हौँ ।”

विशेषगरी बालमैत्री नगर घोषणाको अन्तिम चरणमा रहेको नगरपालिकाले बालबालिकालाई कुलतमा फस्न नदिने उद्देश्यले १८ वर्षमुनिका बालबालिकालाई मादक पदार्थ तथा अन्य सुर्तीजन्य पदार्थ किनबेच गर्ने कार्यमा प्रतिबन्ध लगाइएको नगरप्रमुख खनालले बताए ।

वडा नं ३ बाट शुरु भएको यो अभियान अहिले नगरपालिकाका सात वटा वडामा पुगेको छ भने बाँकी रहेका दुई वटा वडामा पनि स्थानीय वडावासी, होटल व्यवसायीसँग टोलटोलमा पुगेर भेलामा छलफल भइरहेको र बाँकी रहेका वडामा पनि अभियान सञ्चालन हुने नगरप्रमुख खनालले बताए ।

वडा कार्यालयले टोलटोलमा पुगेर टोलवासीसँगको छलफलबाट यो अभियान सञ्चालन गर्ने निर्णय गरेको र वडावासीले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए ।

बालमैत्री नगर घोषणालाई सहयोग पु¥याउने र बालबालिकालाई कुलतमा फस्न नदिनका लागि चालिएको यो अभियानले समाजमा होहल्ला, झैझगडा हुने क्रमलाई पनि न्यूनीकरण गर्नमा सघाउ पुग्ने विश्वास वडा नं ७ का वडा अध्यक्ष शेषकान्त अर्यालले बताए ।

“तोकिएको तीन घण्टाको अवधिमा जसले मादक र सुर्तीजन्य पदार्थ सेवन गर्ने हो उसैले मात्रै किन्नुपर्ने र बालबालिकालाई खरीद बिक्री कार्यमा प्रयोग नगर्न वडावासीसँग आग्रह गरिएको छ”, वडाध्यक्ष अर्यालले भने, “नगरपालिका तथा वडाले अगाडि सारेको यो अभियानप्रति वडावासी सकारात्मक हुनुभएकाले विश्वास छ यो कार्य सफल हुनेछ, कार्यान्वयनमा जानेछ ।”