दसैँको मुखमा तलब नपाएपछि महानिर्देशकलाई निवेदन लेख्दै घर हिँडे उप सचिव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दसैँको मुखमा तलब नपाएपछि महानिर्देशकलाई निवेदन लेख्दै घर हिँडे उप सचिव


१६ आश्विन २०७६, बिहिबार


काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठीमिमा कार्यरत उप सचिव ईश्वरी प्रसाद पोखरेल तलब नपाएपछि महानिर्देशकलाई निवेदन दिएका छन् ।

नयाँ आर्थिक वर्ष सुरु भएदेखि (साउन, भदौ र असोज)को तीन महिनाको तलब र दसैँ खर्च पाउनु पर्नेमा १५ गते बुधवारसम्म तलब भुक्तानी नभएकोले तलब भुक्तानी नहुनुको माग्दै निवेदन दिएका हुन् ।

निवेदनको प्रति सहित ‘दास नहुँदा दसैँमा मालिकले तलब रोके’ भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको कडा आलोचना गरेका छन् । उनले कर्मचारी समायोजनलाई सामाजिक तथा प्राकृतिक न्याय विपरीतको संज्ञा दिँदै समायोजनमा जानु भन्दा अवकाश हुन तयार छु भनेर निवेदन दिएकोमा कुनै कारबाही नभएको बताएका छन् ।

‘कथित कर्मचारी समायोजनलाई अस्वीकारेर उक्त सामाजिक तथा प्राकृतिक न्याय विपरीतको समायोजन स्विकार्नुभन्दा अवकाश हुन तयार छु भनी मिति २०७५ चैत्र १५ मा निवेदन दिएको छु’ निवेदनमा भनेका छन् ‘तर कुनै कारबाही भएन र असार मसान्त सम्म तलब भुक्तानी भयो’नयाँ आर्थिक वर्ष लागू भएदेखि साउन, भदौ र असोज महिनाको तलब र दसैँ खर्च पाउनु पर्नेमा १५ गते बुधवारसम्म तलब भुक्तानी नभएकोले के कति कारणले तलब भत्ता भुक्तानी नभएको हो ? भन्ने प्रश्नसहित जानकारीका लागि महानिर्देशकलाई सम्बोधन गरी पत्र लेखेका छन् ।

दास बनाइएको समायोजनमा जान्न भन्दै कानुनी प्रक्रियाबाट अवकाश माग्दा जिम्मेवार पदाधिकारीबाट कुनै निकास नपाएको बताएका छन् । उनले भनेका छन्, ‘नेतृत्वले न अवकाश, न तलब नै दियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस