२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जङ्गली जनावरले धानबाली नष्ट

अ+ अ-

बाजुरा । जिल्लाका किसानलाई यतिबेला जङ्गली जनावरबाट खेती कसरी बचाउने भन्ने चिन्ता परेको छ । यहाँका किसानले हिउँद र बर्खामा दुःखकष्ट गरी लगाएको खेती पाक्न लागेको समयमा सधैं जङ्गली जनावर भालु, बँदेल र बाँदरले पूरै सखाप पार्दै गएपछि किसानलाई चिन्ता परेको हो ।

जिल्लामा पछिल्लो समयमा अधिकांश ठाउँमा सामुदायिक वनको सङ्ख्यामा वृद्धि हुँदै गएपछि जङ्गली जनावरको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । आहराको खोजीमा ती जङ्गली जनावरहरु किसानले लगाएको खेतीबाली नष्ट गर्दै आएको हो । जिल्लाको बडिमालिका, त्रिवेणी, बूढीगङ्गा नगरपालिका र छेडेदह गाउँपालिकालगायतका किसानले लगाएको धानबाली पाक्न लागेको समयमा नै जङ्गली जनावर बँदेल, भालु र बाँदरले नष्ट पार्दै गएपछि यहाँका किसानलाई आफूले के खाने भन्ने चिन्ताले सताएको स्थानीयवासी पार्वती नेपालीले बताए ।

जिल्लाको बूढीगङ्गा नगरपालिकाका स्थानीयवासी सनी दमाइले भने, “चैत–वैशाखमा लगाएको धानबाली पाक्न लागेको समयमा जङ्गली जनावर बँदेल, भालु र बाँदरले पूरै सखाप गरिदिएपछि आफूले भोकभाकै बस्नुपर्ने चिन्ता लागेको छ ।” “नेपालीको महान् चाडपर्व दशैँ नजिकै आउन लागेको छ । दशैँको बेला घरमा पाहुना आउने हुँदा उनीहरुलाई के खुवाउने हो । घरमा अरु केही खानेकुरा छैन । यसभन्दा पहिला यसै धानबालीबाट दशैँमा आउने पाहुनालाई खुवाउन सहज हुन्थ्यो”, उनले भने, “आफूले दिनमा हेरालो लागेर धानबाली बचाउने गरेको भएता पनि बेलुका बँदेल, भालु आएर धानबाली सखाप पार्दा अब बालबच्चालाई हिउँदमा के खुवाउने भन्ने चिन्ता लागेको छ ।”

जिल्ला वन कार्यालय बाजुराका निमित्त प्रमुख हरि यादवले किसानले लगाएको खेती नष्ट पार्‍यो भन्दैमा वन्यजन्तुलाई मार्न नपाउने भएकाले किसानले आफूले लगाएको खेतीलाई आफैँले सुरक्षा गर्नुपर्ने बताए ।

उनले सामुदायिक वन नजिकै रहेको खेती जङ्गली जनावरले नष्ट गरेपछि प्रहरीको मुचुल्का साथै सामुदायिक वनको लेटरप्याडमा सिफारिश ल्याएर जिल्ला वन कार्यालय बाजुरामा पेश गरेपछि कार्यालयले राष्ट्रिय निकुञ्जलाई राहतका लागि सिफारिश गर्नसक्ने बताए ।