२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज दशैंको पाँचौं दिन ज्ञानशक्ति र कर्मशक्तिकी देवी स्कन्दमाताको पूजा आराधना गरी मनाइँदै

अ+ अ-

काठमााडौं । नेपालीहरुको महान चाड विजया दशमीको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरी मनाइँदै छ । विभिन्न शक्तिपीठ, मन्दिर तथा घरघरमा ज्ञान तथा कर्म शक्तिकी देवी स्वरुपको धुमधामसँग पूजा आराधना गरिँदै छ ।

नवदूर्गा भवानीको पाँचौं स्वरुप देवी स्कन्दमातालाई लिइन्छ । देवी स्कन्दमातालाई ज्ञान तथा कर्म शक्तिकी सूचक मानिन्छ । स्कन्दमाताको पूजा आराधना गरेमा ज्ञानलाई कर्मशक्तिमा बदल्न प्रेरणा मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

शिवतत्वयुक्त, आनन्दमय, सदैव शान्त देवी इच्छाशक्ति, ज्ञान र क्रिया शक्तिकी स्वरुपा हुन् । इच्छा शक्ति, ज्ञान शक्ति, र क्रिया शक्तिको मिलन भएमा स्कन्दको सृष्टि हुन्छ । त्यसैले देवी स्कन्दमातालाई ज्ञान शक्ति र क्रियाशक्तिकी स्रोतको प्रतिक मानिएको छ । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गरिने धार्मिक विश्वास छ ।

स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ ।

स्कन्दमाताको पूजा गर्दा सबैभन्दा पहिले एउटा काठको चौकोशमा स्कन्दमाताको प्रतिमा स्थापित गरी गंगा जल या गोमूत्रद्वारा सो चौकोशलाई शुद्धीकरण गर्ने । चौकोशमा चाँदी, तामा या माटोको घडामा जल भरेर त्यसमा कलश स्थापना गर्ने र चौकोशमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी), सप्त घृत मातृका (सात सिन्दूरको टीका लगाएका)को स्थापना गर्नुपर्छ । व्रत, पूजनको संकल्प दिँदै वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमाता सहित समस्त स्थापित देवताहरुको षोडशोपचार पूजा विधिद्वारा पूजा गर्नुपर्छ ।

यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, सिंदूर, दुबो, बेलपत्र, आभूषण, पुष्प हार, सुगन्धित द्रव्य, धूप, दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गरे पश्चात प्रसाद वितरण गरी पूजा सम्पन्न गरिन्छ ।

प्रतिक्रिया दिनुहोस