२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभावकारी ढङ्गबाट हुलाक सेवा प्रवाह गर्न निर्देशन

अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुलाक सेवालाई सरल र सहज बनाउँदै जनतालाई प्रत्यक्ष लाभ हुने गरी प्रभावकारी ढङ्गबाट सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

विश्व हुलाक दिवसका अवसरमा यहाँ आज डिल्लीबजारस्थित गोश्वरा हुलाकको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्त्री बाँस्कोटाले सूचना र सञ्चार प्रविधिको विकाससँगै हुलाक सेवालाई नुनदेखि सुनसम्म व्यापार गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हुलाक सेवालाई दु्रत गतिमा अगाडि बढाउन अहिले सरकारसँग नीति छ, राजनीतिक स्थिरता छ, त्यसलाई हामीले जनताको खुशीमा बदल्न चाहेका छौँ, त्यसका लागि तपाईंहरुले इमान्दारीसाथ काम गर्नुपर्ने हुन्छ ।’

मन्त्री बाँस्कोटाले हुलाकलाई प्राधिकरणमा लैजाने गरी नयाँ कानूनको तयारी भइरहेको भन्दै कार्यालयलाई देशैभरि रहेका प्रत्येक वडा कार्यालयमा हुलाक कार्यालय स्थापना गरेर सेवालाई नागरिकप्रति उत्तरदायी बनाउने तयारी गरिएको जानकारी दिए । प्राधिकरणमा लगेपछि सेवाको दायरा फराकिलो गर्दै प्रभाव र पँहुच क्षेत्रसमेत थप विस्तार हुने उनको भनाइ थियो ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले हुलाक सेवालाई आधुनिकतासँगै कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्ने बताए । हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले आगामी दिनमा हुलाक सेवासँगै व्यवसाय पनि शुरु गरिने बताए ।

करीब रु १० करोड लागतमा निर्माण गरिएको सो भवनमा विश्व हुलाक दिवस, विश्वभर हुलाक संघको १४५औँ स्थापना दिवस तथा विश्व हुलाक दिवस आरम्भ भएको ५०औँ वार्षिकोत्सवका अवसरमा र विश्व हुलाक संघले अन्तर्राष्ट्रिय हुलाक सेवाको प्रावधान तथा नियमनमा पुर्‍याएको योगदानको सम्मानस्वरूप हुलाक सेवा विभागले विश्व हुलाक दिवसको संस्मरणात्मक आवरण प्रकाशनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस