काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गर्न सरकारलाई सुझाव दिएको छ । नेता सिंहले जनविश्वास आर्जन गर्नका लागि महरालाई कारबाही गर्न सरकारलाई सुझाव दिएका हुन् ।
उनले निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका यो काममा सरकार र प्रशासन लाग्नुपर्ने बताएका छन् ।
नेता सिंहले कानुन सबैका लागि समान भएको बताउँदै अनुसन्धानमा संलग्न प्रहरीहरुलाई चनाखो भएर काम गर्न र अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने बताएका छन् ।
एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि नेकपा नेता महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए ।