२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिक जीवित प्रतिमूर्ति र इतिहास हुन् : राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक सिङ्गो राष्ट्रको अनुभवका जीउँदो प्रतिमूर्ति र इतिहास भएको बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजना गरेको २९ औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपतिले ज्येष्ठ नागरिकको अनुभवले आउँदो पुस्ता लाभान्वित हुने अवसर मिलाउनुपर्नेमा जोड दिइन् ।

‘जीवनका अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो, ज्ञान र सीपलाई समाजोपयोगी कार्यमा लगानी गर्नुभएका ज्येष्ठ नागरिक राष्ट्रका धरोहरका रुपमा आदरणीय हुनुहुन्छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘परिवारको लालनपालन, समाज सुधार र राष्ट्र उत्थानमा ज्येष्ठ नागरिकले पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्न चाहन्छु ।’ राष्ट्रपति भण्डारीले नेपालको संविधानले पनि ज्येष्ठ नागरिकको सम्मान गरेको र मुलुकको सांस्कृतिक मूल्यमान्यता ज्येष्ठ नागरिकप्रति सम्मानजनक रहेको उल्लेख गरिन् ।

अग्रजबाट आशीर्वाद ग्रहण गर्नु नेपाली समाजको संस्कार हो भन्दै राष्ट्रपति भण्डारीले परिवारमा हजुरबाबा, हजुरआमा, बाबुआमा र नातिनातिना तीन पुस्ता मात्र नभई ४/५ पुस्ता एउटै परिवारमा बस्ने परम्परालाई कायम राख्नसके ज्येष्ठ नागरिकको आत्मसम्मान, सुरक्षाको प्रत्याभूति र आत्मविश्वास बढाउन सकिने विश्वास व्यक्त गरिन् ।

उनले नेपालमा २०५१ सालदेखि सामाजिक सुरक्षाका रुपमा शुरु गरिएको वृद्धभत्ता वृद्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि बढाउँदै लैजानुपर्नेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन् । राष्ट्रपति भण्डारीले सार्वजनिकस्थल र सवारी साधन ज्येष्ठ नागरिकका लागि सहज खालको बनाउनुपर्ने बताउँदै उनले बालबालिकालाई आफ्ना अभिभावकबाट छुट्टाएर आवासीय विद्यालयमा राख्ने र सम्मान गर्नुपर्ने ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा राख्ने प्रचलनलाई हटाउनुपर्ने बताइन् ।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रको धरोहर ज्येष्ठ नागरिकलाई उचित सुरक्षा र सम्मान दिनका लागि प्रधानमन्त्रीले आजैको शुभकामना सन्देशमा रु ३ हजार रहेको ज्येष्ठ नागरिक भत्तालाई रु ५ हजार बनाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । उनले सार्वजनिक सवारी साधन र हवाइ टिकटमा समेत उहाँहरुलाई छुट दिने सरकारले व्यवस्था गरिरहेको बताउँदै प्रेरणाको स्रोत ज्येष्ठ नागरिकको पालनपोषणमा ध्यान दिन सबैलाई आग्रह गरे।

प्रतिनिधिसभा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिका सभापति निरुदेवी पालले बाबुआमालाई पैसाभन्दा पनि माया र सम्मान जरुरी भएको उल्लेख गर्दै ज्येष्ठ नागरिक विधेयक १०/२० वर्ष लामो समयसम्म काम लाग्ने गरी संशोधन गर्ने तयारी भइरहेको जानकारी दिए । ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट तथा १५ औँ योजनामा उचित हेरचाह, स्याहार र वातावरण दिनुपर्ने व्यवस्था गरिएको जानकारी दिए।

ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई उचित सम्मान र संरक्षणका लागि महासंघले काम गरिरहेको बताए ।

दिवसका अवसरमा मानव सेवा आश्रम, हेटौँडाका प्रतिनिधि रामजी अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्ग र ज्येष्ठ नागरिक राधिका थापालाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकको सुरक्षा, सम्मान र हकका लागि नेपालको संविधानमा मौलिक हकअन्तर्गत भाग ४१ मा ज्येष्ठ नागरिकको हकसम्बन्धी व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक ऐन, २०६३ संशोधनका क्रममा छ ।

संयुक्त राष्ट्र संघले सन् १९९१ अक्टोबर १ तारीखलाई विश्वभरि नै ज्येष्ठ नागरिक मनाउने घोषणा गरेसँगै सन् १९९६ देखि नेपालमा पनि मनाउन शुरु गरिएको हो । यस वर्ष ‘उमेरजन्य विभेदको अन्त्य गरौँ’ भन्ने नाराका साथ विश्वभरि यो दिवस मनाइएको छ । विश्वमा कूल जनसङ्ख्यामा ६० वर्षभन्दा माथिका १३ प्रतिशत तथा नेपालमा ८.२६ प्रतिशत ज्येष्ठ नागरिक छन् ।