२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा कर्मचारी अभाव कायमै

अ+ अ-

सुर्खेत । संघीय सरकारले समायोजन टुङ्ग्याए पनि कर्णालीमा कर्मचारी अभाव पूर्ति हुन सकेको छैन । कर्मचारी अभावले चालू आवको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको छ ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले प्रदेशमा कर्मचारी समायोजनको समस्याले विकास निर्माणका काम प्रभावित भएको राससलाई जानकारी दिए । ‘कर्मचारी समायोजनले गर्दा यो प्रदेशमा पहिलो चौमासिकको तेस्रो महीनासम्म बजेट खर्च हुन सकेको छैन,’ प्रमुख सचिव भण्डारीले भने,’प्राविधिक जनशक्ति नहुँदा त्यसले यहाँको विकासमा झनै ठूलो समस्या पारेको छ ।’

उनले अगाडि भने, ‘संघबाट एक हजार ९९२ कर्मचारी दरबन्दी स्वीकृत भएकोमा हाल एक हजार ३२४ जना कर्मचारी मात्र समायोजन भएर आएका छन् । अझै ६६८ कर्मचारी हाजिर हुनसकेका छैनन् । प्राविधिक जनशक्ति अभावले सिँचाइ तथा भौतिक पूर्वाधार निर्माणको काममा ठूलो समस्या भएको छ । प्रशासनतिरको कर्मचारीले मात्र केही हुनेवाला छैन ।’

उनका अनुसार कर्णालीमा करीब ३५० प्राविधिक कर्मचारी आवश्यक पर्ने भएतापनि ५९ जना मात्र कार्यरत छन् । कर्मचारीहरुको रोजाइँमा कर्णाली नपरेकाले अन्य प्रदेशको तुलनामा यस प्रदेशमा कर्मचारीको अभाव कायमै रहेको उनले बताए । कर्मचारी माग गर्न खोजे पनि संघीय लोकसेवा आयोगले अनुमति नदिएको उनको भनाइ थियो ।

‘प्रदेशमा ३५० कर्मचारीको पदपूर्तिको लागि संघसँग माग गरेका छौ’ उनले भने, ‘कर्मचारीको पूर्ति भयो भने विकास निर्माणका काम हुनुको साथै बजेट पनि खर्च गर्न सकिन्छ ।’ कर्णालीको पिछडिएको क्षेत्रबाट छनोटमा परेका कर्मचारीसमेत यहाँ आउन नमानेको बरु कर्णालीकै नेताबाटै भनसुन गर्न लगाएर उतै बसेको उनले बताए ।

उनले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग कर्मचारी पठाइ दिन आग्रह गरेको तर मन्त्री पण्डितबाट कर्णालीमा कर्मचारी जान नमानेको जवाफ पाइएको जनाए । कर्णालीमा आउने कर्मचारीको सेवा सुविधा बढाउन खोजिएको जनाउँदै उनले यस प्रदेशको हुम्ला जिल्लामा काम गर्ने कर्मचारीलाई प्राथमिकता दिएर सेवा सुविधा निर्धारण गर्न खोजिएको बताए । उनका अनुसार अन्य जिल्लाको विकटता तथा महङीलाई ध्यानमा राखेर सुविधा निर्धारण गरिने छ ।

सरकारको ध्यानाकर्षण

कर्णाली प्रदेशसभाका छ सदस्यले कर्मचारी व्यवस्थापनका बारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य विन्दमान विष्ट, सीताकुमारी नेपाली, ठम्मर विष्ट, राजु नेपाली, खड्क खत्री र पद्मा खड्काले आज एक संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सरकारले सङ्गठन व्यवस्थापनका नाममा कर्मचारी ऐन, २०४९ ले परिभाषित गरे विपरीत कर्मचारीलाई फाजिल बनाएको, क्लष्टर नमिल्ने कर्मचारीलाई पनि एउटै समूहमा राखेको र राजधानी सुर्खेतलगायत विभिन्न जिल्लामा कार्यालय खारेज गर्दा कर्मचारीलाई काम गर्न समस्या भएको छ,’ प्रदेशसभा सदस्यहरुको विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले खारेज भएका कार्यालय जतिसक्दो चाँडो पुनःस्थापन गर्नुपर्ने र पैदा भएको समस्या सरकारले चाँडो समाधान गर्न आग्रह गरेका छन् । कर्मचारीको भावना र मनोविज्ञानलाई थप बिग्रनबाट रोक्न सरकारको ध्यानाकर्षण गराइएको प्रदेशसभा सदस्य विन्दमान विष्टले बताए ।