२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ किलो चाँदीसहित दुई जना भारतीय पक्राउ

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा आज दिउँसो सशस्त्र प्रहरीले स्रोत नखुलेको करीब डेढ किलो चाँदीसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नेपाल नं ९ गण हेक्वा महोत्तरी, जलसागरका सशस्त्र प्रहरी उपरीक्षक मिरकृष्ण अधिकारीका अनुसार एक किलो ४०३ ग्राम चाँदीसहित दुई जना भारतीय युवकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको यदुपट्टी ग्राम पञ्चायत बस्ने २१ वर्षीय रोहित साह र २२ वर्षीय सुनिल ठाकुर रहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए । बीआर–३०एम–७९९० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी बोकी मटिहानीबाट जलेश्वर आउँदै गरेका दुवै भारतीय युवकलाई शङ्का लागि सशस्त्र प्रहरीले हेक्वा जलसागर अगाडि नै जाँच गर्दा उनीहरु चाँदीसहित पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनीहरुले सो चाँदी नेपाल–भारत तस्करी गर्न लागिएको आशङ्का गरिएको छ भने चाँदीसहित पक्राउ परेका दुवै भारतीय युवकलाई चाँदी र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस