काठमाडौं । आज उपत्यकासहित देशभर बदली भइ हल्का देखि मध्यमखाले वर्षा भइरहेको छ । पूर्व र मध्य भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम खराबीका कारण २४ घण्टाका लागि सतर्क रहन आग्रह गरिएको छ । केही स्थानमा मेघ गर्जनसहित पानी पर्नुका साथै चट्याङ्ग पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
मध्य र पूर्वी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक तथा यातायातमा सामान्य अवरोध आउन सक्ने तथा पहाडी भूभागमा पहिरो जानसक्ने सम्भावना रहेकोले सतर्क हुन आग्रह गरिएको छ ।
सोमबार भने मौसममा केही सुधार हुने जनाईको छ । मंगलबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ ।