फेसबुकमा अब ‘लाइक’ संख्या नदेखिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फेसबुकमा अब ‘लाइक’ संख्या नदेखिने


प्रशासन संवाददाता

१० आश्विन २०७६, शुक्रबार


काठमाडौं । फेसबुकले पोष्टमा गरिएका लाइकको संख्या नदेखिने बनाउने भएको छ । धेरै लाइक्स आउँदा मानिसहरु खुशी र थोरै लाइक्स आउँदा दुखी हुने गरेको पाइएपछि शुक्रबारदेखि फेसबुकले यसको परीक्षण सुरु गरेको हो ।

अस्ट्रेलियामा थालिएको परीक्षणकालमा केही प्रयोगकर्ताले मात्र लाइक्सको संख्या देख्न नसक्ने फेसबुकले जनाएको छ । गत जुलाईदेखि फेसबुकको मातहतमा रहेको संस्था इन्स्टाग्राममा लाइक्स नदेखिने फिचर प्रदान गरिएको छ । सोही फिचर फेसबुकमा परीक्षणको रुपमा थालनी गरिएको हो ।

फेसबुकका अनुसार लाइक्स संख्या नदेखिनाले यसले प्रयोगकर्तामा सामाजिक तनाव र दबाब कम उत्पन्न हुन्छ ।मानिसको मनोविज्ञान बुझ्नको लागि यो परीक्षण थालिएको फेसबुकले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस