दशैंका लागि नयाँ नोट आजदेखि साटिने, यी ठाउँमा पाईन्छ साट्न « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दशैंका लागि नयाँ नोट आजदेखि साटिने, यी ठाउँमा पाईन्छ साट्न


प्रशासन संवाददाता

१० आश्विन २०७६, शुक्रबार


काठमाडौं । सर्वसाधारणले दशैंका लागि नयाँ नोट आज (शुक्रबार)देखि साट्न पाउने भएका छन् । दशैंमा नयाँ नोटको माग उच्च हुने भएकाले नेपाल राष्ट्र बैंकले आजदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत दशैंलाई लक्षित गरेर साना दरका नयाँ सुकिला नोट बजारमा पठाएको हो ।

राष्ट्र बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यलयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाडौँ उपत्यकाका विभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ ।

बैंकले ५,१०, २०, ५० र १०० दरका एक–एक पकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही सुविधा उपलब्ध गराउने जनाएको छ ।

यी हुन् उपत्यकामा नयाँ नोट साट्न पाइने ठाउँ

नेपाल बैंकको नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु, टोखा लगायतका शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ ।

कृषि विकास बैंकको गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइएको राष्ट्र बैँकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस