न्यूनतम पारिश्रमिकबारे पत्रकार महासंघले अनुगमन गर्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

न्यूनतम पारिश्रमिकबारे पत्रकार महासंघले अनुगमन गर्ने


प्रशासन संवाददाता

९ आश्विन २०७६, बिहिबार


काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा लागू गरे/नगरेको बारेमा अनुगमन गर्ने भएको छ ।

महासंघका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्ट नेतृत्वको छुट्टाछुट्टै टोलीले शुक्रबारदेखि सञ्चार प्रतिष्ठानको अनुगमन गर्ने भएको हो ।

टोलीले रेडियो, टेलिभिजन, छापा र अनलाइन सञ्चार प्रतिष्ठानको अनुगमन गर्ने महासंघका महासचिव विष्टले जानकारी दिए । श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवा सुविधा उपलब्ध गराउन तथा श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानमा भोगिरहेका समस्या समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले अनुगमन गर्न लागिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस