२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक पटक धान रोपे तर दुई पटक बाली भित्र्याए

अ+ अ-

लम्की । कैलालीको भजनी नगरपालिकाका किसान चैतमा रोपेको धानलाई दोस्रो पटक काट्दैछन् । वर्षेनी बाढी आउने भएकाले यहाँका किसान चैतमा मात्र धानबाली लगाउँछन् । यसवर्ष किसानले पहिलो पटक जेठ, असारमा धान भित्र्याएका थिए । असारमा धानबाली घर भित्र्याएका किसान पुनः अहिले धान काट्दैछन् ।

भजनीका किसानले एक दशक अघिदेखि चैते धान रोप्दै आएकामा यसवर्ष भने त्यही चैतमा रोपेको धानको बाला दोस्रो पटक काट्न थालेका हुन् । ‘विगत वर्षमा जेठ, असारमा धानबाली भित्र्याउँथ्यौँ, वर्षात्मा खेत बाँझै राखिन्थ्यो ।’ स्थानीयवासी लल्लु डगौरा भन्छन्, ‘यसवर्ष दुई बिघामा जेठ महीनामा ५५ क्वीन्टल धान भित्र्याएका थियौं तर काटेको धान फेरि पलायो, हामी त हेरेको हेर्‍यै भयौँ, धान पनि फलेकाले अहिले धान काटिरहेका छौं ।’

कैलाली जिल्लाको भजनी नगरपालिकाक्षेत्र पथरैया, काढा, कन्द्रा र मोहना नदीले घेरिएको छ । यो क्षेत्र वर्षात्को समयमा जलमग्न हुन्छ तर कुनै वर्ष पानी परेन भने खेतीबाली रोप्न किसानलाई हम्मेहम्मे पर्छ । ‘यहाँ नदी धेरै छन् तर खेतमा सिँचाइको सुविधा छैन ।’ डगौरा भन्छन्, ‘सिँचाइको सुविधा नहुँदा किसान वर्षायाममा धान रोप्न छोडेर चैते धानखेती गर्छन् ।’

डगौराले वर्षे धान नरोपेको एक दशकभन्दा बढी भयो । वर्षात्मा धान रोपे पनि त्यहाँका किसानले धान कहिल्यै भित्र्याउन पाएका थिएनन् । ‘वर्षात्मा खेत सधैँ जलमग्न हुन्छ, रोपेको धान डुबानले हराउँछ ।’ डगौरा भन्छन्,’तर यसवर्ष पानी कम परेका कारण दुई पटक धान फल्यो, हामी त दङ्ग छौं ।’ भजनी नगरपालिकाका हुलाकी सडक आसपास किसानको घरआँगन सडकको पेटीमा अहिले चैते धानको भकारी देख्न पाइन्छ । आफूहरूले वर्षात्को समयमा बाढीको डरले सडकको पेटीमा भकारी राख्ने गरेको स्थानीयवासी पुन्सी लामा बताउछन्, ‘बाढी आएमा घर डुबानमा पर्ने भएकाले हामीले धानका भकारी सडक छेउमा राखेका हौँं । यहाँ बाढी आए पनि धान जोगाउन सकिन्छ भनेर ।’

दुई पटक बाला लागेपछि किसान चैते धानबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनीहरुले उत्पादनका लागि प्राङ्गारिक मल प्रयोग नगरी रासायनिक मल प्रयोग गरिरहेका छन् । कृषि विज्ञको भनाइअनुसार रासायनिक मलले स्वास्थमा प्रत्यक्ष असर नपरी जैविक विविधतामा असर पार्छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि तर्फका कार्यक्रम संयोजक भरतबहादुर कँडेल रासायनिक मलको प्रयोग सकेसम्म घटाउनतर्फ किसान जागरुक हुनुपर्ने बताउछन्,’मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि जैविक विषादीको प्रयोग बढाउनुपर्छ, रासायनिक विषादीको प्रयोग कम गर्न सल्लाह दिने गरेका छौं ।’ उनी भन्छन् । त्यहाँका किसानले विकल्पको रुपमा चैते धानखेती गरिररहेका हुन् ।

उनीहरुले परम्परागत तरिकाबाट चैतेधान रोप्ने गरेका छन् । चैते धानखेती कृषि प्राविधिकको सल्लाह र आधुनिक तरिकाबाट लगाउन सके किसानको आम्दानीको बाटो बन्न सक्ने कृषि प्राविधिक बताउँछन् ।रासस

प्रतिक्रिया दिनुहोस