गढी गाउँपालिकाको प्रगति ९२ प्रतिशत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गढी गाउँपालिकाको प्रगति ९२ प्रतिशत


८ आश्विन २०७६, बुधबार


मकवानपुर । मकवानपुरको गढी गाउँपालिकाले आर्थिक वर्ष २०७५/२०७६ मा गरेको कार्य प्रगति सार्वजनिक गरेको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत भीम परियारले आव २०७५/२०७६ मा गाउँपालिकाले ९२ प्रतिशत चालू खर्च र ६५ प्रतिशत पूँजीगत खर्च गरेको सो अवसरमा जानकारी दिए ।

त्यस्तै कार्यक्रममा उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले कृषि शाखाको प्रगति विवरण, पशु शाखाका प्रमुख उत्तमलाल दासले पशु शाखाको प्रतिवेदन, शिक्षा शाखाका प्रमुख रामबहादुर घलानले शिक्षा शाखाको प्रतिवेदन छुट्टाछुट्टै प्रस्तुत गर्दै आवश्यक जानकारी गराएका थिए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष विदुर हुमागांई विकास निर्माणको काम पारदर्शी र गुणस्तरीय हुनुपर्ने र आफूले त्यसमा जोड दिएको बताए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस