२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाघको छालासहित तीन जना पक्राउ

अ+ अ-

चितवन । दुर्लभ वन्यजन्तु बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी घर भएका ४३ वर्षीय दिपक भनिने चिरञ्जिवी सेन ठकुरी, पाल्पाको निस्डी गाउँपालिका–२ सहलकोट निवासी ३३ वर्षीय चुमबहादुर राना र वाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका–९ निवासी २६ वर्षीय हिम साङ्वो गौचन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार उनीहरुलाई मङ्गलबार बेलुका ७ बजे भरतपुर महानगरपालिका–१ पुलचोक नजिकबाट पक्राउ गरिएको हो । विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरुको साथबाट बाघको दाँतसहितको छाला तीन थान र ना २४ प २५०९ नम्बरको पल्सर मोटरसाइकल वरामद गरिएको छ ।

उनीहरुले उक्त छाला बाग्लुङ ढोरपाटन नगरपालिका–९ बोबाङ शेराबाङबाट बेचबिखनको लागि ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बरामद बाघको छाला र पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाही तथा अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय चितवनमा बुझाइएको उनले जानकारी दिए ।

सङ्कटापन्न र लोपोन्मुख बन्यजन्तुको आखेटोपहार ओसारपसार, बिक्री बितरण वा कुनैपनि किसिमको निकासी पैठारी कसूरमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ र सङ्कटापन्न बन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार कारवाही हुने छ ।

यसअन्तर्गत रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस