कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री भट्ट


८ आश्विन २०७६, बुधबार


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको कृषि क्षेत्रमा सोचेअनुरुप परिवर्तन हुन नसकेको बताएका छन् ।

प्रदेश कृषि विकास रणनीति तयारीका लागि जिल्ला समन्वय समितिका प्रमुख एवं विज्ञहरूसँग आज धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गर्नुपर्ने आवश्यकता औँल्याए ।

मुख्यमन्त्री भट्टले भने, ‘कृषि कर्ममा लागेका व्यक्तिलाई सम्मान गर्न सक्नुपर्दछ र यसलाई सम्मानित पेशाको रुपमा अगाडि बढाउन सक्नुपर्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस