प्रदेश प्रहरीका लगि खरीद गरिएका गाडी हस्तान्तरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेश प्रहरीका लगि खरीद गरिएका गाडी हस्तान्तरण


८ आश्विन २०७६, बुधबार


धनगढी । प्रदेश प्रहरीका लागि खरीद गरिएका नौ थान गाडी सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकलाई आज हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्साललाई ती नयाँ गाडीको साँचो प्रदान गरी हस्तान्तरण गरे ।

प्रदेश प्रहरी गठन नहुँदै प्रदेश सरकारको गत आर्थिक वर्षको बजेट रु तीन करोड ३२ लाख ९१ हजारमा नयाँ गाडी खरीद गरिएको थियो । हस्तान्तरणको काम अघि नबढाउँदा दुई महीनादेखि मन्त्रालय परिसरमै यी गाडी थन्किएका थिए ।

तत्कालीन प्रदेश प्रहरी गठन हुन नसकेको अवस्थामा हाल संघीय सरकारको प्रहरीलाई गाडी हस्तान्तरण गरिएको मन्त्रालयका उपसचिव तेजप्रकाश जोशीले बताए ।

सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम यी गाडी संघीय सरकारको प्रहरीलाई हस्तान्तरण गरिएको हो ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस