१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ : डा.भट्टराई

अ+ अ-

काठमाडौं । समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा.बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन् । समाजवादी विद्यार्थी युनियनले आज यहाँ आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष भट्टराईले नेपालमा घोकन्ते शिक्षा प्रणाली भएकाले गुणस्तरीय शिक्षा हुन नसकेकाले परीक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारी नियुक्त दलीय भागबण्डामा हुने भएकाले त्यसको अन्त्य गरी प्रतिस्पर्धाका आधारमा हुनुपर्ने बताए । उनले विश्वविद्यालय सुधारका लागि पूर्णतया स्वायत्तमा लैजानुपर्ने धारणा राखे।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वविद्यालयमा पदाधिकारी नियुक्त हुने व्यक्ति प्रशासनिक क्षेत्रको हुनुपर्ने बताए । उनले विश्वविद्यालयमा राजनीतिक नभई स्वच्छ प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले दलीय भागबण्डा हुनाले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्केको बताए । उनले प्राध्यापकले पढाउने मात्र नभई राज्यलाई निर्देशन दिने ठाउँ भएकाले दलीय भागबण्डा गर्दा मुलुकलाई नै घाटा हुने गरेको बताए । सांसद रामकुमारी झाँक्रीले दलीय भागबण्डाले विश्वविद्यालयलाई नै अस्तव्यस्त बनाएकाले त्यसलाई रोक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस