कैलालीमा चट्याङ लागेर १५ भेडा मरे « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कैलालीमा चट्याङ लागेर १५ भेडा मरे


७ आश्विन २०७६, मंगलबार


लम्की । कैलालीको जानकी गाउँपालिका–९ कटासेमा आज पानीसँगै परेको चट्याङ लागेर १५ भेडा मृत्यु भएको छ । पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।

जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडा ओत लागेका थिए । भेडा पालेर जीविका चलाएको चौधरीको परिवार सबै भेडा मरेपछि दुःखित छ । ‘व्यवसाय तथा व्यापारका नामामा यही भेडा पालन गरेको थिएँ’, विपतरामले भने, ‘म त बर्बाद भएँ, यही भेडाबाट मेरो घर चलेको थियो ।’ रासस

Tags :
प्रतिक्रिया दिनुहोस