२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनै तहबीच समन्वय आवश्यक

अ+ अ-

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिवर्तित संरचनाअनुरुप तीनवटै तहबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित ‘अन्तर तह समन्वय तथा स्थानीय तहको क्षमता विकास’ विषयक अन्तरक्रिमा उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै जन अपेक्षाअनुरुप अघि बढ्नुपर्ने बताए ।

जनप्रतिनिधि र कर्मचारीले जनताका अपेक्षालाई बुझेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले जनताले प्रत्येक गतिविधिलाई सूक्ष्मरुपमा नियालिरहेको उल्लेख गरे ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन जनप्रतिनिधि र राष्ट्रसेवकको काँधमा महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री पण्डितले सामान्य त्रुटि पनि जनताले हेरिरहेको हुँदा त्यसततर्फ सजग भई काम गर्नुपर्ने औँल्याएका छन् ।

जनप्रतिनिधि नै ठेक्कापट्टामा सहभागी बन्दा त्यसले नकारात्मक सन्देश प्रवाह भइरहेको बताउँदै उनले त्यस्ता गतिविधिमा संलग्न नभई जनचाहनाअनुरुप गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रसेवकले राज्यले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने बताउँदै मन्त्री पण्डितले विभिन्न समस्या देखाएर सुगम ठाउँमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे । गण्डकी प्रदेशअन्तर्गत जन प्रतिनिधि र कार्यकारी अधिकृत सहभागी दुईदिने कार्यक्रममा अन्तर तह समन्वय एवं स्थानीय तहको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस