राष्ट्रकविको १०१औँ जन्मदिनमा प्रधानमन्त्रीले दिए शुभकामना « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रकविको १०१औँ जन्मदिनमा प्रधानमन्त्रीले दिए शुभकामना


७ आश्विन २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ औँ जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका छन् ।

“नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ । हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस