बैंक अफ काठमाण्डूका पूर्वसीईओसहित ११ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैंक अफ काठमाण्डूका पूर्वसीईओसहित ११ जना पक्राउ


५ आश्विन २०७६, आइतबार


काठमाडौं । कर्जा हिनामिना गरेको आरोपमा प्रहरीले बैंक अफ काठमाण्डूका पूर्वसिइओसहित ११ जनालाई पक्राउ गरेको छ ।

नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित ११ जनालाई शुक्रबार राजधानीका विभिन्न स्थानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी रहेको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।

पूर्वसीईओ श्रेष्ठसहित ३ जना पूर्वकर्मचारी हुन् भने ३ जना बैंकका बहालवाला कर्मचारी छन् । बाँकी ऋणीहरू रहेको सीआईबीले जनाएको छ ।

दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठको नाममा पाँच करोड कर्जा निष्कासन भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस