चितवन । नारायणी पुलबाट हामफालेर एक युवक बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–११ का २५ वर्षीय उद्धार पौडेल पुलबाट हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
विहान साढे १० बजे पुलबाट बाढीसँगै उर्लेको नदीमा हाम फालेका थिए। हामफाल्ने युवाको पछि मोटरसाइकलमा आएका एक युवाले ती युवालाई तानेर रोक्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
पुलको पश्चिमतर्फ बाट हामफाल्न खोजेका उनी अर्का युवकले तानेर रोकेपछि पुलको पूर्वतिरको कुनातिर पुगेर हामफालेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
उनले किन र के कारणले हाम फाले भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । उनले हामफालेलगत्तै त्यही एक युवती आएर चिच्याउदै रोएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।







