नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने


१ आश्विन २०७६, बुधबार


काठमाडौं । नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । यसको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय भएको हो ।

यसैबीच निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ ।

प्रतिक्रिया दिनुहोस