आज दिनभर पानी पर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज दिनभर पानी पर्ने


१ आश्विन २०७६, बुधबार


काठमाडौं । आज पनि दिनभरी पानी पर्ने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महशाखाका अनुशार काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ ।

बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ ।

कतैकतै भारी वर्षाको सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशभर मौसममा बदली भइरहेको छ ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेकाले पनि त्यसको प्रभावले पानी परिरहेको छ । हाल देशका अधिकांस भागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस