शिक्षक किताबखानाका शाखा अधिकृत र नायव सुब्बाविरुद्ध मुद्धा दायर « प्रशासन

शिक्षक किताबखानाका शाखा अधिकृत र नायव सुब्बाविरुद्ध मुद्धा दायर


प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार १९:१३

अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय शिक्षक किताबखाना काठमाडौंका शाखा अधिकृत अर्जुनप्रसाद पराजुली र नायव सुब्बा राजेन्द्रकुमार के.सी.विरुद्ध विशेष अदालतमा मंगलबार मुद्धा दायर गरेको छ ।

अस्थायी शिक्षकले अवकाशपछि गोल्डेन हेण्डसेक बापत पाउने रकमको सिफारिस गरे वापत सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएकाले पराजुली र केसीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले पराजुली र के.सी.लाई अवकाश पश्चात पाउने सेवासुविधाको रकम भुक्तानीको सिफारिसपत्र तयार गरेवापत घुस मागेको सूचनाको आधारमा पक्राउ गरेको थियो ।

Tags: ,

प्रतिक्रिया दिनुहोस