सुनको मूल्य एक हजार रुपैँयाले बढ्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य एक हजार रुपैँयाले बढ्यो


३० भाद्र २०७६, सोमबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । लगातार ओरालो लागिरेहको सुनको मुल्य सोमबार प्रतितोला एक हजार एक सय रुपैयाँले बढेर ७१ हजार ३ सय पुगेको छ । आइतबार प्रतितोला ७० हजार २ सयमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ६९ हजार ९ सयमा कारोबार भएको तेजावी सुनको मूल्य सोमबार ७१ हजार पुगेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ । महासंघले सोमबार चाँदीको मूलय ८ सय ६५ तोकेको छ । चाँदी आइतबार प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस