रुपन्देहीमा गोली हानी एक जनाको हत्या « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रुपन्देहीमा गोली हानी एक जनाको हत्या


२९ भाद्र २०७६, आइतबार


काठमाडौं । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

गोली लागेर रोहिणी गाउँपालिका–३ वैकुण्ठपुरका ३५ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो । सो समूहले कुर्मीसँग रहेको रकमसमेत लुटपाट गरेको बताइएको छ ।

बैंकबाट रकम झिकेर आउने क्रममा रहेका कुर्मीलाई मोटरसाइकलमा आएको अज्ञात समूहले गोली हानेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस