२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकाद्वारा शैक्षिक सुधारका लागि ९७ बुँदे कार्ययोजना तयार

अ+ अ-

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाले गत २३ गतेबाट शनिबारसम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल, सङ्घसंस्था, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मीलगायतसँग शिक्षाको विकासका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल गरेको हो । ‘हामी सबैको एउटै ध्यान, गुणस्तर शिक्षा, असल ज्ञान’ भन्ने मूल नाराका साथ छ दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका ३०० बढी सरोकारवाला पक्षबाट आएको सुझावलाई समेटर ९७ बुँदाको शिक्षा सुधार लागि जिम्मेवारीसहितको कार्ययोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्ययोजनामा शिक्षक, अभिभावक, राजनीतिक, स्थानीय तह, सङ्घसंस्थालगायतले शिक्षाको विकासमा खेल्नुपर्ने जिम्मेवारी तोकिएको गाउँपालिकाको भनाइ छ । सबैबाट आएका विषयवस्तुलाई समेटेर तयार गरिएको उक्त शिक्षा सुधार कार्ययोजनामा सरोकारवाला पक्षले हस्ताक्षरसमेत गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय सरकार सञ्चालनमा आएपछि गाउँपालिकाको शिक्षाको सुधारका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

हालको अस्तव्यस्त शिक्षालाई सुधार गर्न गाउँपालिका लागिपरेको बताउँदै उनले शिक्षाको विकासका लागि सबैको साथको आवश्यकता रहेको समेत औँल्याए ।

प्रतिक्रिया दिनुहोस