बाटो खुलाउन सिडिओ आफै फिल्डमा ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाटो खुलाउन सिडिओ आफै फिल्डमा !


२८ भाद्र २०७६, शनिबार


डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल वर्षाका कारण भत्किएर अवरुद्ध बाटो खुलाउन आफै दिउसो भरी फिल्डमा खटिएका छन् ।

सहरी विकास तथा भवन निर्माण कार्यालय डोटीले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ टुडीखेलमा निर्माण गरेको ग्रेटवाल भत्किए पछि बाटो अवरुद्ध हुनुका साथै बस्तीमा पनि क्षति पुगेपछि प्रजिअ अधिकारी आफै खटिएका हुन् ।

३० लाखको लागतमा निर्माण गरिएको ग्रेटवाल डेढ वर्ष नपुग्दै भत्किएको छ । आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गरिएको ग्रेटवाल शुक्रवारको वर्षाले भत्किएको हो । सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर मोहन विकले भने झन्डै तीस लाखको लागतमा निर्माण गरिएको जानकारी दिए । वाल भत्किँदा तल छेउमा रहको रामहरि दास श्रेष्ठको ट्वाइलेट, पाइप मा क्षति हुनुका साथै घरको भित्र दायाँ पट्टीको एउटा कोठा पनि चर्किएको छ ।

स्थानीयका अनुसार भत्किएको वाल उपभोक्ता समिति मार्फत काम सम्पन्न गरिएको भए पनि तिस लाख बराबरको काम नभई सहरी तथा भवन निर्माण कार्यालयको आर्थिक चलखेल र मिलेमतोमा योजना अन्तिम भुक्तानी भएको आरोप लगाएका छन् ।

एक वर्ष नबित्दै भत्किएको वाल निर्माणमा व्यापक रूपमा अनियमितता भएको र खोजी कार्य गरी दोषी जो सुकैभएपनि कारबाही हुनुपर्ने भनेर सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

वाल भत्किएपछि बाटोसमेत अवरुद्ध भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिले बाटो खुलाउने कार्यमा लागे पनि पूर्ण रूपमा नसकिएको प्रजिअ पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस