२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक तयार

अ+ अ-

काठमाडौं । नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसदमा चाँडै लाने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसद्मा दर्ता गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिए ।

आयुर्वेदिक औषधिको अनुसन्धान र विकास तथा आयुर्वेद शिक्षा प्रदानको लक्ष्यका साथ सो विश्वविद्यालय स्थापना हुन लागेको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा विश्वविद्यालयका लाािग रु १० करोड बजेट विनियोजन गरिएको छ । ध्यान र योगका माध्यमबाट स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गर्न नागरिक आरोग्य कार्यक्रम सञ्चालन र विश्वविद्यालय स्थापनाको कार्यलाई सरकारले बढाएको हो । आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अक्कुपञ्चर, सोवा रिग्पा र प्राकृतिक चिकित्सा वैकल्पिक उपचार पद्धतिलाई एलोपेथिक उपचारसँग एकीकृत गरी स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने कार्यक्रम पनि बजेटमा राखिएको छ ।

बहुमूल्य र उपयोगी जडीबुटीको मुलुक नेपालका लागि आयुर्वेदिक औषधिको अनुसन्धान र विकास तथा आयुर्वेद शिक्षा सान्दर्भिक बनाउन विश्वविद्यालयले काम गर्नेछ । हालसम्म केन्द्रीय, क्षेत्रीय र अध्ययन प्रतिष्ठान गरी १४ विश्वविद्यालय सञ्चालित छन् ।

वि.सं. १९२४ मा भोजपुरमा जन्मिएका सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले वि.सं. १९९८ मा आफ्ना करिब ८० सहयोगीसहित अरुण नदीमा जल समाधि लिएकी थिइन् । रासस

प्रतिक्रिया दिनुहोस