ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम र महासचिवमा निलेन्द्रराज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम र महासचिवमा निलेन्द्रराज


२८ भाद्र २०७६, शनिबार


काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मतान्तरले पछि पार्दै जीवनराम अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

जीवनरामको पक्षमा १७ मत परेका थिए भने उमेशलालको पक्षमा १० मत परेका थिए ।

यस्तै, महासचिव पदमा जीवनराम श्रेष्ठकै प्यानलका निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिस्पर्धी पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पछि पार्दै निलेन्द्रराज श्रेष्ठ महासचिव पदमा निर्वाचित भएका हुन् । निलेन्द्रराजले १५ मत पाएका छन् भने पुरेन्द्रले १२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस