२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समितिको अधिकारलाई सरकारले सम्मान गर्छ : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकमा विदेशी बुहारीलाई सात बर्षमा नागरिकता दिने प्रावधान र हाम्रो नागरिकता प्रदान गर्ने नीतिबीच एकरुपता हुनुपर्ने आवाज उठेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदको जिज्ञासमा उनले विधेयकको परिमार्जन, संशोधन र सच्याउने समितिको अधिकारलाई सरकारले सम्मान गर्ने स्पष्ट पारे ।

सात वर्षपछि र तत्काल अङ्गीकृत नागरिकता दिने व्यवस्थाबीच देखिएको असमानतालाई कसरी हटाउने भन्ने विषय उठेको उल्लेख गर्दै उनले नागरिकताका विषयमा आम सहमति गराउने सरकारको प्रयत्न भए पनि त्यो वातावरण बनिनसकेको बताए।

नागरिकताको प्रश्न राष्ट्रियतासँग जोडिएको निकै संवेदनशील विषय भएको बताउँदै गृहमन्त्री थापाले भने, ‘खुला सीमाका कारण दोहोरो नागरिकताले राष्ट्रियता, सुरक्षा र विकासमा ठूलो असर पर्न सक्छ, भारतसँगको हाम्रो विशेष सम्बन्धको पाटोलाई पनि हामीले हेक्का राख्नुपर्छ ।’

सांसद रामसहायप्रसाद यादवले छलफलमा उठाएका विषयलाई समेटेर ल्याएका प्रतिवेदन अध्ययनका लागि समय माग गरेपछि शनिबार बस्ने गरी आजको बैठक स्थगन भएको जानकारी दिए । वैवाहिक अङ्गीकृत नागरिकताका बारेमा ल्याइएको विकल्पबारे आफूहरुलाई जानकारी नभएको बताउँदै उनले विद्यमान अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानले राष्ट्रलाई के त्यस्तो क्षति पर्‍यो र संशोधन गर्न खोजेका हौँ भनी प्रश्न गरे ।

समितिले तयार गरेको विकल्पसहितको प्रतिवेदनमा तत्काल अङ्गीकृत नागरिकताको साटो सामाजिक, आर्थिक र सामाजिक अधिकार उपलब्ध हुने गरी परिचयपत्र दिने र त्यसको सात वर्षपछि मात्र नागरिकता प्रदान गर्न सकिने उल्लेख छ ।

नेपाली महिलासँग विवाह गर्ने वैदेशिक पुरुषको हकमा भने अङ्गीकृत नागरिकताका लागि १५ वर्षको समयावधि हुनुपर्ने उल्लेख छ । समितिका सदस्य झपट रावलले एक वर्षदेखि विधेयकमाथि छलफलमा उठेका र सहमति हुननसकेका विषय समेटेर अङ्गीकृत नागरिकताको विषयमा विकल्पसहित तयार भएको प्रतिवेदनमाथि शनिबार छलफल हुने बताए ।

उनले भने, ‘छिमेकी मुलुकसँग हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहिआएकामा हाम्रा छोरीहरु त्यहाँ विवाह गरेर जाँदा नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने हामीले चाहिँ एउटा हातमा सिन्दुर अर्को हातमा नागरिकता दिनुपर्ने किन, विदेशबाट हामी शासित हुने कल्पना हाम्रो संविधानले गरेको छैन ।

प्रतिक्रिया दिनुहोस