२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगीको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ

अ+ अ-

मनिला । फिलिपिनी अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ ।

अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरु मनिलास्थित चिनियाँ राजदूतावासको सूचनाका आधारमा पक्राउ परेको पनि मोरेन्टेले बताए ।

चिनियाँ दूतावासका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट चीनमा एक हजारभन्दा बढी व्यक्ति पीडित भएका छन् ।

मोरेन्टेले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रारम्भमा छानबिनका लागि शंकास्पद चार जना चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिइएको उल्लेख छ । तर गैरकानुनी अनलाइन व्यवसाय सञ्चालन गरेको भेटिएपछि अरु २७३ जना पक्राउ परेको मोरेन्टेले बताए ।

चिनियाँ अधिकारीहरुका अनुसार चीनमा ठूलो मात्रामा ठगी धन्धामा संलग्न केही व्यक्तिले फिलिपिन्समा आश्रय लिएका छन् । उनीहरुको पासपोर्ट समेत चीनले रद्द गरेको बताइएको छ ।रासस/एपी

प्रतिक्रिया दिनुहोस