असोज ५ गतेदेखि दसैंको टिकट खुल्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

असोज ५ गतेदेखि दसैंको टिकट खुल्ने


२६ भाद्र २०७६, बिहिबार


काठमाडौं । दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ।

यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैँतिहारसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको जानकारी दिए। त्यसपछि वैज्ञानिक भाडाादर निर्धारण गरी लागू गरिने हमालले बताए।

‘व्यवसायीहरुले मुख्यतः सडक सुधार र सहजीकरणका लागि आग्रह गरे, त्यसमा विभागले सहजीकरण गर्नेछ’ हमालले भने ‘३र४ महिनापछि वैज्ञानिक भाडादर निर्धारण गरी सोअनुरुप लागू गर्न विभाग प्रतिबद्ध छ।’ वैज्ञानिक भाडा निर्धारणका लागि बजेट छुट्याइसकिएको उनले जानकारी दिए।

विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने उनले जानकारी दिए। त्यस्तै विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रिय यातायात व्यवस्थापन अनुगमन समिति गठन हुने भएको छ। सो समितिले टिकटमा हुन सक्ने कालोबजारी अनुगमन गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस