दल दर्ताका लागि निर्वाचन आयोगमा नेकपाको निवेदन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दल दर्ताका लागि निर्वाचन आयोगमा नेकपाको निवेदन


२६ भाद्र २०७६, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाले निर्वाचन आयोगमा दल दर्ता को लागि निवेदन दिएको हो ।

बिहीबार पार्टीका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली नेतृत्वको टोलीले आयोगमा दल दर्ता निवेदन दिएको हो । ।

नेकपाले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो। महासचिव पौडेलले आयोगमा दर्ताका लागि तयार गरेको निवेदन पार्टीको निर्वाचन विभाग प्रमुख ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, कार्यालय सचिव इश्वरी रिजाललगायतको टोलीले आयोगमा दिएका हुन् ।

आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरी निवेदन दिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहहरुमा रिक्त रहेका पदहरुका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।

नेकपा २०७४ को निर्वाचनपश्चात् एकीकरण भएर बनेको दल भएकाले उपनिर्वाचनका लागि आयोगमा दर्ता गर्नुपरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस