बजेट कार्यान्वयन प्रभावकारिताका लागि पुनर्ताजगी तालिम « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बजेट कार्यान्वयन प्रभावकारिताका लागि पुनर्ताजगी तालिम


२५ भाद्र २०७६, बुधबार


विराटनगर । प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयन प्रभावकारिताका लागि पुनर्ताजगी तालिम सञ्चालन गरेको छ ।

चालु आर्थिक वर्षको बजेटको श्रोतको सदुपयोग, पारदर्शी लेखांकन प्रणाली र प्रतिवेदन प्रणालीमा प्रदेश १ मा रहेका सबै मन्त्रालयको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ यो तालिम सञ्चालन गरिएको हो ।

तालिममा सम्बन्धित निकायका बजेट र आर्थिक प्रशासनमा संलग्न २० जना कर्मचारीहरूको सहभागिता रहेको छ ।

बजेट कार्यान्वयनका लागि सङ्घमा मन्त्रालय स्तरीय बजेट सूचना प्रणाली र एकल खाता कोष, प्रदेशमा प्रदेश मन्त्रालय स्तरीय बजेट सूचना प्रणाली र स्थानीय तहमा स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र नामक सफ्टवेयरहरू सञ्चालनमा आएका छन् ।

प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले सङ्घमा रहेको मन्त्रालय स्तरीय बजेट सूचना प्रणाली र एकल खाता कोष, प्रदेशमा रहेको प्रदेश मन्त्रालय स्तरीय बजेट सूचना प्रणाली र स्थानीय तहमा स्थानीय तहमा रहेको सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र नामक सफ्टवेयरहरू बिचको अन्तर सम्बन्ध बारे प्रदेशका जनशक्तिहरूलाई दक्ष बनाउने सन्दर्भमा समेत यो तालिमको आयोजना गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस