प्राविधिक प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकहरुको लिखित परीक्षाको नतिजा प्रकाशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्राविधिक प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकहरुको लिखित परीक्षाको नतिजा प्रकाशन


२५ भाद्र २०७६, बुधबार


काठमाडौं । नेपाल प्रहरीमा रिक्त प्राविधिक समूह अन्तर्गत विभिन्न उप-समूहतर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदहरुमा खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

साथै उत्तीर्ण भएका उम्मेदवारहरुको २०७६ भदौ ३० गतेदेखि नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुनेछ ।

यस सम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग,भर्ना छनौट महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस