राष्ट्रपतिसँग आइरिस सभामुखको भेट « प्रशासन

राष्ट्रपतिसँग आइरिस सभामुखको भेट


प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १९:५६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयरल्याण्डका संसद्का सभामुख सिन ओ फियरघेलले आज शिष्टाचार भेटघाट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

उक्त अवसरमा नेपाल तथा आयरल्याण्ड सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस