चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति माग गर्दै प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति माग गर्दै प्रदर्शन


२४ भाद्र २०७६, मंगलबार


काठमाडौं । चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्तिकोमाग गर्दै प्रदर्शन गरिएको छ ।

काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म चिकित्सा शिक्षा संघर्ष समितिको नामबाट भएको प्रदर्शनका सहभागीले ७५ प्रतिशत छात्रवृत्तिसम्बन्धी शिक्षा मन्त्रालयले दिएको निर्देशन पालना गर्न मेडिकल कलेजसँग माग गरेका छन् ।

त्यस्तै निजी मेडिकल कलेजहरुले लिएका अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब र सुविधा कायम हुनुपर्ने, नर्सिङ भोलिन्टियरिङ बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरमा आएर टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस