अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेट


२४ भाद्र २०७६, मंगलबार


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रही द्विपक्षीय भेटवार्ता भएको हो ।

चिनियाँ विदेशमन्त्रीआइतबार नेपाल आएका हुन् । उनले भेटघाटको क्रमलाई तीव्रता दिएका छन् । सोमबार दुई देशको विदेशमन्त्री स्तरीय बैठकमा सरिक भएका वाङ यीले सोमबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए ।

आज (मंगलबार) सत्तारूढ पार्टीका अध्यक्षसँग भेटघाट पछि प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस