यू–१९ एसिया कप : नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यू–१९ एसिया कप : नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै


२४ भाद्र २०७६, मंगलबार


काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

आज १० बजेर १५ मिनेटमा सुरु हुने अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग ५ विकेटको हार ब्यहोर्दा दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटको हार ब्यहोरेको थियो । टेष्ट नेशन राष्ट्रसँग सहज रूपले पराजित भएको नेपाल आफ्नै स्तरको टिम यूएईलाई भने पाखा लगाउने लक्ष्यमा हुनेछ ।

यूएईले आफ्नो पहिलो खेलमा बंगालदेशसँग ६ विकेटको हार ब्यहोरेको थियो । त्यस्तै, दोस्रो खेलमा श्रीलंकासँग ५२ रनले हारेको थियो ।

नेपाल र यूएईबीच यू–१९ क्रिकेटमा गत अप्रिल १३ गते विश्वकपअन्तर्गत एसिया छनोटमा भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस