प्रदेश एक सरकारको बजेट कार्यान्वयन प्रभावकारी बनाउने आर्थिक सचिवको प्रतिबद्धता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश एक सरकारको बजेट कार्यान्वयन प्रभावकारी बनाउने आर्थिक सचिवको प्रतिबद्धता


२३ भाद्र २०७६, सोमबार


काठमाडौँ । प्रदेश एक सरकारका आर्थिक मामिला सचिवले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका नव नियुक्त सचिव दामोदर रेग्मीले पद बहाली गर्दै बजेट कार्यान्वयन प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘प्रदेश एकलाई नमुना प्रदेशका रूपमा बनाउने प्रयास रहनेछ’, सचिव रेग्मीले भने, ‘जनप्रतिनिधिज्यू र कर्मचारीको सामूहिक प्रयासमा यो सम्भव छ ।’

आर्थिक मामिला मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरी प्रभावकारी ढङ्गले काम गर्नेसमेत उनले बताए ।

प्रदेश एक सरकारले चालु आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजार विनियोजन गरेको छ । जसमध्ये चालु तर्फ १८ अर्व ५४ करोड ६४ लाख ७६ हजार पुँजीगत तर्फ २३ अर्व ५७ करोड ३९ लाख ३४ हजार र वित्तीय व्यवस्था तर्फ ८ करोड रकम विनियोजन गरेको छ ।

समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न स्वच्छ सुखी र समुन्नत प्रदेश बनाउने प्रदेश एकको गन्तव्य रहेको छ ।

नवनियुक्त सचिव रेग्मीले बजेटले परिकल्पना गरेका कार्यक्रमहरू सार्थकतामा परिणत गर्न कर्मचारीहरूको सकारात्मक भूमिका रहने हुँदा यस कार्यमा आफ्नो क्षमता र ऊर्जाको प्रयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस