प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै


२० भाद्र २०७६, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार स्वदेश फर्किँदैछन् ।

सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि भदौ ५ गते त्यसतर्फ गएका प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न साढे १२ बजे स्वदेश फर्किंदै फर्कदैछन् ।

सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएका प्रधानमन्त्री ओलीको सातौं चरणको प्लाज्मा फेरिसिस सकिएसँगै स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उनी स्वदेश फर्किन लागेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि पनि सोही अस्पतालमा एक साता उपचार गराएर साउन १८ मा फर्किएका थिए। त्यसको १० दिनपछि प्रधानमन्त्री ओली फलोअप उपचारका लागि सिंगापुर गएका थिए।

प्रतिक्रिया दिनुहोस