२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुग्यो : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

आज नेकपाको विदेश मामिला विभागको हस्तान्तरण कार्यक्रममा उहाँले पार्टी एकता केही ढिला भए पनि अब बस्ने बैठकले पार्टी एकतालाई सकाउने बताए । सो अवसरमा तत्कालिन नेकपा(माओवादी केन्द्र) का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेकपाका विदेश मामिला प्रमुख माधवकुमार नेपाललाई पद हस्तान्तरण गरे ।

पार्टी एकताका केही बाँकी काम रहेकाले पनि केहीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस गरेको उल्लेख गर्दै उनले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिएर जनतामाझ जाने बताए ।

‘पार्टी एकता सकाएर पार्टीका नीति, योजना, कार्यक्रम विचार प्रशिक्षण अभियानको रुपमा चलाउने छौँ’, उनले भने, ‘कस्ता कस्ता जटिल र अप्ठारा परिस्थितिलाई चिरेर यहाँसम्म पुर्‍याएका छौं । एकताबद्ध भएर अभियानमा गयौँ भने अबको परिस्थिति सामान्य नै हुन्छ । एकपछि अर्को विजय हासिल गर्दै अगाडि बढ्ने छौँ ।’ उनले कसैको दया नभई थुप्रै चुनौतीलाई पार गरेर अहिलेको कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताए ।

‘पार्टी एकता भएपछि जुन तदारुकता र तीव्रताका साथ तीन महीनाभित्र सकेर तुरुन्तै जनताको बीचमा जाने कमिटीको बैठक गर्ने, स्थानीयदेखि प्रादेशिक तह, सङ्घीय सरकारसम्मलाई निर्देशित गर्ने सरकारलाई प्रभावकारी बनाउनुपर्ने, गल्ती भयो भने त्यसलाई खबरदारी गर्नुपर्ने थियो । हामीले त्यसो गर्न सकेनौँ’, उनले भने, ‘त्यो थोरै हाम्रो कमीकमजोरीलेले प्रतिक्रियावादीले अतिरञ्जीत ढङ्गले प्रचार गर्ने र प्रतिक्रियावादीले टाउको उठाउने जमर्को गरेको हामीले देख्ने सुन्ने गरेको छौँ ।’

उनले अहिले कम्युनिष्ट पार्टीको बहुमतलाई कुनै न कुनै रुपमा देख्न नचाहनेहरुले सानोतिनो कमजोरीमात्र भेटियो भने त्यसलाई तिललाई पहाड बनाएर कम्युनिष्टलाई पार्टी र नेतालाई बदनाम गर्ने प्रयास भइरहेको बताए । पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्टको सरकार गठन गरे पनि निकै अवसर र चुनौतीको रहेको भन्दै ती चुनौतीलाई पार गरेर लैजानुपर्ने पर्ने बताए । उनले जनताका अपेक्षाअनुसार काम गर्न नसके चुनौती आउने बताए ।

‘अब जनताको अपेक्षा र राष्ट्रको आवश्यकताअनुसार हामीले सेवा प्रवाह गर्न सकेनौँ, परिणाम दिन सकेनौँ, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्न र जनभावनामा अनुसार विकास र समृद्धिको यात्रा अगाडि बढाउन सकेनौँ । कम्युनिष्ट पार्टीको नेतृत्व हुनुको नाताले सामाजिक न्याय र समाजवाद चरित्रतिर जाँदैछौँ भन्ने विश्वास जनतालाई दिन सकेनौँ भने यो आफैँमा एउटा ठूलो चुनौती बनेर आउने स्थिति छ’, उनले भने ।

जनताका वर्गसंघर्ष, विभिन्न सामाजिक न्यायको मुद्दाको सङ्घर्षमा लागेर तानाशाही, निरङ्कुशतन्त्र, समान्तवादको लडाइँमा हामीले विजय हासिल नगरेको भए अहिलेको परिस्थिति नबन्ने उनले बताए । उनले निकै लामो बहस त्याग बलिदान, आन्दोलन र संघर्षको बीचबाट खारिएका नेताको कारणले अहिले मुलुकमा कम्युनिष्ट आन्दोलन सफल भएकोसमेत बताए ।

नेपाल कम्युनिष्ट आन्दोलन र अन्तरराष्ट्रिय मामिलाको धेरै अनुभव हालिस गरेका नेता नेपाल विभागको प्रमुख रहेकाले पार्टी र देशको अन्तरराष्ट्रिय सम्बन्ध विस्तार र सुदृढ भएको आफूले विश्वास गरेको बताए ।

कार्यक्रममा विभागका प्रमुख नेपालले विभागले पार्टी र देशको अन्तरराष्ट्रिय सम्वन्ध सुदृढ गरी राष्ट्रिय हितमा काम गर्ने बताए । उनले स्वाभिमान जोगाउँदै छिमेकीसँगको सम्बन्ध राम्रो बनाई कसरी अघि बढ्दा नेपाल र नेपाली जनताको हितमा काम गर्न सकिन्छ भन्ने आफूहरु लाग्ने बताए ।

‘एकातिर कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध स्थापित गर्नु छ । कतिपय पार्टीसँग मित्रतापूर्ण सम्बन्ध बनाउनुपर्ने छ र कतिपयसँग औपचारिक सम्बन्ध राखेर चल्नुपर्दछ’, उनले भने, ‘पार्टी देशको आर्थिक विकासमा सहयोग सम्बन्ध विस्तार गर्न अन्तरराष्ट्रिय मञ्चमा उपस्थिति हुने छौँ ।’ उनले मुलुकले अङ्गालेको परराष्ट्र नीतिअनुसार पार्टीका गतिविधि सञ्चालन गर्ने बताए ।

नेकपा प्रवक्ता नारायाणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट स्वदेश फर्केपछि पार्टीका एकताका बाँकी काम टुङ्ग्याउने बताए । उनले देशको सार्वभौमसत्ता, स्वाधीनताको रक्षा गर्नका कूटनीतिक पहल पहिलो भएको भन्दै राष्ट्रिय रक्षा गर्न पार्टीलाई विदेश नीतिमा पृष्ठपोषणको काम विभागले गर्ने बताए । सोही अवसरमा विभागका उपप्रमुख राम कार्की र विष्णु रिजालले पार्टीको नीति, योजनालाई अन्तरराष्ट्रियस्तरमा पुर्‍याई सम्बन्धलाई राम्रो बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस