कृषि मन्त्री खनाललाई डेंगु संक्रमण, ग्रान्डीमा उपचार हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कृषि मन्त्री खनाललाई डेंगु संक्रमण, ग्रान्डीमा उपचार हुँदै


१९ भाद्र २०७६, बिहिबार


काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ । मन्त्री खनाललाई डेंगुको संक्रमण देखिएपछि अहिले ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । मन्त्रालयको काममा शुक्रवार हेटौडा पुगेर काठमाडौं फर्किएपछि खनाललाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्नेलगायतका लक्षण देखा परेपछि डेंगु भएको आशंकामा कृषीमन्त्री खनाललाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगेर रगत परीक्षण गरिएको थियो । परीक्षणपश्चात डेंगु भएको पुष्टि भएपछि मन्त्री खनाललाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस